नदीपुरमा खुकुरी हानेर भागेका विजय र लगिन बगरबाट पक्राउ

पाेखरा | जेठ २, २०८१

नदीपुरमा खुकुरी हानेर भागेका विजय र लगिन बगरबाट पक्राउ

पोखरा:  कास्की प्रहरीले कुटपिटसहित खुकुरी प्रहार गरेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पर्वत स्थायी घर भई हाल पोखरा ३ नदिपुर बस्ने ३१ वर्षीय विजय श्रेष्ठ र बाग्लुङ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने २८ वर्षीय  लगिन थापा रहेका छन् ।

 

कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माका अनुसार श्रेष्ठ र थापाले गत महिनाको २२ गते पोखरा ३ नदिपुर स्थित सार्वजनिक स्थानमा एकजना व्यक्तिलाई विभिन्न अपशब्द प्रयोग गरी गाली गलौज, हातपात तथा अभद्र व्यवहार गरी हेल्मेट र धारिलो हतियार (खुकुरी) प्रहार गरी घाईते बनाई फरार थिए ।

 

त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा उनीहरुलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १ बाट पक्राउ गरिएको हो ।

 

पक्राउ परेका श्रेष्ठ र थापाविरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार कसुरमा दिन दुई (२) म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्